Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पश्चिमी वायुले उपत्यकाको मौसममा बदली – Gaule Khabar

पश्चिमी वायुले उपत्यकाको मौसममा बदली

पश्चिमी वायुले उपत्यकाको मौसममा बदली

काठमाडौं, फागुन ५ –

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आंशिक बदली भएको छ । उक्त वायुले बदली गराए पनि वर्षात् हुने सम्भावना नरहेको मौसमविद् सुभाष रिमालले राससलाई जानकारी दिनुभयो ।

“बुधबारदेखि सुरु भएको पश्चिमी वायुले दिउँसोको तापक्रममा कमी ल्याउनेछ, यो प्रणाली अझै दुई÷तीन दिन जारी रहन्छ” – उहाँले भन्नुभयो । मौसमविद् रिमालका अनुसार पश्चिमी वायुमा जलवाष्पको मात्रा कम भएकाले वर्षा गराउने सम्भावना नरहे पनि पहाडी भेगका केही स्थानमा छिटफुट वर्षात् हुने सम्भावना रहेको छ ।

भूमध्य सागरबाट विकसित भएको ठूलो वर्षा गराउने खालको यो बादल प्रणालीले अफगानिस्तान र पाकिस्तानमा प्रभाव पार्ने देखिए पनि नेपालमा आइपुग्ने टुक्राटाक्री बादलले वर्षा नपार्ने बताइएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम पाँच र अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका