अब ३० मिनेटमा नै सजिलै बिना कुनै पिडा बनाउन सकिन्छ डिम्पल

अब ३० मिनेटमा नै सजिलै बिना कुनै पिडा बनाउन सकिन्छ डिम्पल

काठमाडौं,फागुन ५ –

हिजोआज गालामा डिम्पल बनाउने प्रचलन बढ्दो छ । प्राकृतिक रुपमा मात्रे नभई कृतिम तरिकाले युवायुवतीहरुले सुन्दरता र फेसनका लागी भन्दै यस्तो गर्न थालेको धेरै समय नभए पनि अहिले भने यो प्रचलन ह्वात्तै बढेको छ ।

जानकारहरुका अनुसार डिम्पल बनाउँदा सुन्दरता बढ्ने भएकाले पनि त्यस्ता क्लिनिकमा पुग्ने पुरुषभन्दा महिलाको संख्या बढी हुन्छ । डिम्पल बनाउने काम सानो सर्जरीबाटै सम्भव हुन्छ । डिम्पल विशेष गरी आँखाको कुनादेखि ठीक तल मुखको कुनालाई जोड्ने एउटा लाइन तानेर त्यसको बीचमा पर्ने गरी बनाइन्छ ।

जुन प्वाइन्टमा डिम्पल बनाउने हो सोही प्वाइन्टको बाहिरबाट हातको मद्दतले डिम्पल बनाउन सकिन्छ । वायप्सी निडलको सहयोगमा मुखको भित्रबाट ० दशमलव ५ मिलिमिटर वा ० दशमलव ७ मिलिमिटर काटिन्छ ।

त्यहाँबाट विशेष सावधानीका साथ गोलाइ वा लामो आकारमा सानो मासुको टुक्रा निकाल्नुपर्छ । फेरि भित्रको दुवैतर्फको छाला जोडेर गाँठो बनाई मांसपेशीमा जोड्ने काम गरिन्छ । त्यसपछि जब मांसपेशी हल्लिन्छ तब गालामा डिम्पल देखिन्छ ।

यो प्रक्रियाका लागि २० देखि ३० मिनेटसम्म लाग्छ । यो प्रक्रिया सुरु गर्नुअघि छाला लठ्याउने वा निद्राको औषधि दिन सकिने यही क्षेत्रमा काम गर्दै आएका जानकारहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका