Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अचम्मकी युवती जो दैनिक २२ घण्टा निदाएरै बिताउँछिन् – Gaule Khabar

अचम्मकी युवती जो दैनिक २२ घण्टा निदाएरै बिताउँछिन्

अचम्मकी युवती जो दैनिक २२ घण्टा  निदाएरै बिताउँछिन्

एजेन्सी,फागुन ३ –

सुन्दा पनि अचम्म लाग्छ कोही मानिस दिनको २४ घण्टामा २२ घण्टा सुत्छ भन्दा तर यो सत्य हो ।
बेलायतकी २२ वर्षीया बेथ गोडियर अचम्मकी युवती हुन् । उनी १७ वर्षको उमेरदेखि दैनिक २२ घण्टा सुत्दै आएकी छिन् । बाँकी रहेको दुई घण्टा पनि उनी अर्धनिद्रामै हुन्छिन् र यही बेलामा हिँड्डुल गर्ने, खाना खाने लगायतका काम गर्छिन् ।

उनलाई यो अचम्मको रोग लागेको छ । र कुनै समय त उनी ६ महिनासम्म यसरी नै सुतेर बिताउँछन् । उनको यो अचम्मको व्यवहारलाई एउटा डकुमेन्ट्रीमा ‘स्लिपिङ ब्युटी’ उपनाम पनि दिइएको छ ।

खासमा केलिन–लिभिन नामक रोगले ग्रस्त व्यक्तिहरू अत्यधिक निदाउने चिकित्सकहरुको भनाई छ । र यी युवतीलाई पनि यही रोग लागेको छ ।

अहिले बेलायतमा यो रोग लागेर कुम्भकर्ण निद्रामा जाने व्यक्तिहरूको संख्या १ सयको हाराहारीमा छ । उनलाई हिँड्डुल गर्दा निकै थकाइ लाग्ने बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका