WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIWrsdLbt5jJok7YUY1T8.l/YkyfCB1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 05:09:56', '', 'admlnlx', 'admlnlx')
डडेलधुरा फागुन,४-
डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।गाडीका ११ जना यात्रु रहेकामा अन्य सबै घाइते छन् । गाडी धनी भीम सिंह ठगुन्नासहित तीन घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका मृतकको पहिचान खुलेको छैन ।