Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनको शक्तिखोरमा सरकारले औद्योगिक क्षेत्र स्थापना गर्ने, चितवनका उद्योगी/व्यवसायीहरुमा खुशीयाली – Gaule Khabar

चितवनको शक्तिखोरमा सरकारले औद्योगिक क्षेत्र स्थापना गर्ने, चितवनका उद्योगी/व्यवसायीहरुमा खुशीयाली

चितवनको शक्तिखोरमा सरकारले औद्योगिक क्षेत्र स्थापना गर्ने, चितवनका उद्योगी/व्यवसायीहरुमा खुशीयाली

चितवन, फागुन ४–

सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ ।

माओवादी सेनाका लडाकुका पूर्वसुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हो । शक्तिखोरमा माओवादी सेनाका लडाकुको तेस्रो डिभिजन रहेको थियो । माओवादी सेनाका पूर्वडेपुटी कमाण्डर तथा उर्जामन्त्री जनार्दन शर्माका अनुसार चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिएको हो । ०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र वर्तमान प्रधानमन्त्री प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौतापछि माओवादी सेनाका लडाकुको प्रमुख मुख्यालय शक्तिखोरमा बनाइएको थियो।
सेना समायोजनअघि करीब चार बर्ष लडाकुहरु त्यहि बसेका थिए । माओवादी लडाकुका लागि सात मुख्य र २१ सहायक शिविर स्थापना गरिएको थियो । शिविर सञ्चालन गरिएका स्थानलाई संग्रालयका रुपमा संरक्षण गरिनु पर्ने माओवादीका नेता तथा कार्यकर्ताले बताउँदै आएका थिए।

बैठकले औद्योगिक क्षेत्रसंगै विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकसँग २० अर्ब रुपैया ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

चितवनका उद्योगीहरुमा खुशीयाली

माओवादी शिविर रहेको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै चितवन उद्योग संघले पटक–पटक सरकारसंग माग गरेको थियो । चितवनबासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चितवन उद्योग संघको विशेष टोली प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटार नै पुगेको थियो । त्यसबखत संघले शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउन सकिने र यसको सम्भावना निकै बढि रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । प्रधानमन्त्री दाहाल त्यसबेला नै निकै सकरात्मक हुनुहुन्थ्यो । चितवनका उद्योगी/व्यवसायीहरुले पटक–पटक सरकारसंग यही माग राख्दा अन्तत सम्बन्धित मन्त्रालय र स्वंम प्रधानमन्त्री सकरात्मक बन्दा मन्त्रीपरिषद् बैठकले नै निर्णय गर्न सफल रह्यो ।
सरकारको यो निर्णयले चितवनका उद्योगीहरुलाई थप हौसला मिलेको चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो–“हामी औद्योगि क्षेत्र बनाउनका लागि सरकारलाई झकझकाई रहेका थियौं, यो निर्णयले हामी सबै चितवनका उद्योगीहरु खुशी छौं ।”
चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने प्रस्ताव उद्योग मन्त्री नविन्द्रराज जोशीले मन्त्रीपरिषद् बैठकमा लग्नुभएको थियो । यसले निर्णयले चितवनको विकासमा थप टेवा पुग्ने नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताउनुभयो । नारायणी अनलाईनसंग कुरा गर्दै उहाँले भन्नुभयो–“हाम्रो दवाब र चितवनका उद्योगीहरुले देखाएको संभावनाले यो निर्णय सम्भव भएको, यसमा सबै खुशी हुनुपर्छ ।”
सरकारको यो निर्णयप्रति उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले पनि खुशीयाली प्रकट गर्नुभयो । नारायणी अनलाईनसंग कुरा गर्दै उहाँले औद्योगिक क्षेत्र निर्माणले समग्र चितवनको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले विक्री वितरण भन्दा उत्पादनमा जोड दिने बेला आएको भन्दै यसले चितवनको विकासमा धेरै मद्धत पुग्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विशुरालले नारायणी अनलाईनसंग कुरा गर्दै दश वर्षदेखि नै रत्ननगर उवासंघले उठाएको यस मागलाई सरकारले निर्णय गरेको भन्दै खुशी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो–“ चितवनबासीको लागि यो गौरवको कुरा हो, यसको निर्माण छिट्टै थालनी गर्नुपर्छ । उहाँले निजी क्षेत्रका लागि मात्रै नभई उद्योग व्यवसायमा यसले ठुलो सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले मूख्य गरि उद्योग व्यवसाय चलाउन जग्गामा नै धेरै लगानी गर्नुपर्ने चितवनका उद्योगीहरुको बाध्यता अब हट्ने भएकाले उद्योग व्यवसाय गर्न सहज हुने बताउनुभयो । उहाँले उद्योग चलाउन चालु पुँजी मात्रै भए पनि पुग्नेले भएकाले सबै खुशी भएको बताउनुभयो ।

सरकारले औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको क्षेत्र करिव २ हजार ५ सय बिघा क्षेत्रफलमा रहेको छ । विगतमा माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको हाल सो क्षेत्रमा हाल नेपाली सेनाको सिंहनाथ गण रहेको छ । पहाडी गाविससंग जोडिएको शक्तिखोर हाल कालिका नगरपालिका बनेको छ । यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण भयो भने यहाँको विकासमा अतुलनीय योगदान पुग्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका