चितवन, फागुन २–
भरतपुर भवन निर्माण व्यवसायी समितिले सोमबार पदस्थापन एवं सम्मान कार्यक्रम गरेको छ ।
समितिको कार्यकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा गत माघ २६ गते सम्पन्न दोस्रो अधिवेशनले दोस्रो पटक सर्वसम्मत निर्वाचित अध्यक्ष मदन हजरा पासवान र उनको कार्यसमितिलाई पदस्थापन गराएको हो ।
पदस्थापन कार्यक्रममा प्रधानमन्त्रीका प्रशासकीय सल्लाहाकार नारायण दाहाल प्रमुख अतिथि रहनु भएको थियो । उहाँले सो अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा सम्मान लिन छुटेका पत्रकार चिन्तामणि पौडेल, प्रकाश ज्ञवाली र सुमन गैरेलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
नव निर्वाचित कार्यसमिति अध्यक्ष मदनहजरा पासवानको अध्यक्षतामा सम्पन्न उक्त पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले राष्टबादको चर्को नारा लगाउने वास्तविकतामा राष्टबादी नभएको र चुनाव नचाहनेहरुले चुनाव चुनाव भनेर फलाक्ने गरेको अरोप लगाउनुभयो । उहाँले घोषणा हुने चुनाव कसैले रोकेर नरोकिने र चुनाव हुने निश्चित छ भन्नुभयो ।
प्रमुख अतिथिले समितिले राखेका माग प्रति आफु सकरात्मक रहेको र गम्भीर पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य सूर्य सुवेदी पथिक, जिल्ला सहइन्चार्ज ज्ञानु बस्नेत, सल्लाहाकार रेशमलाल पौडेलले बोलेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नारायण दाहाल, विशिष्ट अतिथि सूर्य सुवेदी पथिक, नेकपा माओवादी केन्द्र) चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, चितवनका सहइन्चार्ज घनश्याम दाहाल अविनास, सहइन्चार्ज ज्ञानु बस्नेत, जिल्ला संयोजक यमबहादुर परियारलगायतलाई साधारणसभा सम्पन्न गर्न गरेको सहयोगको लागि धन्यवाद दिंदै सम्मान गरिएको थियो ।