Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भण्डारामा विना इजाजत फर्निचर व्यवसाय गर्ने भारतीय नागरिक पक्राउ – Gaule Khabar

भण्डारामा विना इजाजत फर्निचर व्यवसाय गर्ने भारतीय नागरिक पक्राउ

भण्डारामा विना इजाजत फर्निचर व्यवसाय गर्ने भारतीय नागरिक पक्राउ

कुल काफ्ले,
चितवन, फागुन २–

अवैधानिक फर्निसिङ गर्दै आएका भारतीय नागरिकलाई आज (सोमबार) अनुगमन टोलीले पक्राउ गरेको छ ।
विना इजाजत फर्निचर व्यवसाय गर्दै आएका व्यवसायीहरुको अनुगमन गर्ने क्रममा राप्ती नगरपालिका–५ भण्डाराबाट भारत बेतिया घर भएका जलाल उदिन शेखलाई नियन्त्रणमा लिइएको हो । ५ वर्षदेखि फर्निसिङ गर्दै आएका शेखले नेपाली नागरिकता विना नै विद्युतीय समाग्री प्रयोग गरि व्यवसाय सञ्चालन गर्दै आएका थिए । साथै घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नै नगरि स्थानीय फर्निचर व्यवसायहरुलाई धरापमा पार्ने गरि व्यवसाय गर्दै आएको अनुगमन टोलीले निश्कर्ष निकालेको छ ।
गैरकानुनी रुपमा व्यवसाय गर्दै आएका शेखले घरेलु कार्यालयमा १५ दिन भित्र ताकेता गर्न काटिएको चिठ्ठीमा हस्ताक्षर गर्न नमानेको बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताए । साथै उनले टोलले दिएको निर्देशनको अटेर गरि हुलहुज्जत गर्न खोजेपछि उनलाई इलाका प्रहरी कार्यालय भण्डारा लगिएको शर्माले जानकारी दिए ।
यसैबीच अनुगमनका क्रममा विद्युत चोरी गर्ने २ जनाको विद्युत लाइन काटिएको छ । घरमा फर्निसिङ गर्नका लागि विद्युत चोरी गर्ने खैरहनी नगरपालिका–१ ज्यामिरेका तिर्थप्रसाद लामिछानेको घरको विद्युत लाइन काटिएको छ । त्यस्तै विद्युत चोरी गरि फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका चित्रवन नगरपालिका–८ चनौलीस्थित ईश्वर महत्तोले सञ्चालन गरेको सफल फर्निचर उद्योगको पनि लाइन काटिएको छ । विद्युत चोरीका साथै विना दर्ता व्यवसाय सञ्चालन गरेका महत्तोलाइ मंगलबार विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा उपस्थित हुन भनिएको छ । विद्युत् चोरी गर्नेहरुलाइ नियमानुसार कारबाहि गरिने बजार संरक्षण अधिकृत शर्माको भनाइ छ ।
अधिकांश फर्निचर व्यवसायीहरुले इजाजत विनै व्यवसाय सञ्चालन गर्दै आएको अनुगमनका क्रममा पाइएको छ । राजस्व छली गरि व्यवसाय सञ्चालन गर्दै आएका फर्निचर व्यवसायीहरुलाइ १५ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालयमा उपस्थित हुन आग्रह गरिएको कार्यालयका सहायक प्रमुख रमेश श्रेष्ठले जानकारी दिए । फर्निचर उद्योग दर्ताका लागि सम्बन्धित समिलबाट काठको स्रोत खुलेको पत्र, गाविस वा नगरपालिकाको सिफारिस एवंम नागरिकताको फोटोकपी उपलब्ध गराउनुपर्ने उनले बताए । त्यस्तै मालपोत तिरेको रसिदको प्रतिलिपि र भाडामा भए सम्झौता पत्र ल्याउनुपर्ने उनको भनाइ छ ।
पूर्वी चितवनमा गरिएको अनुगमनमा दर्ता नगरि फर्निचर व्यवसाय सञ्चालन गरेका राप्ती नगरपालिका ५ बस्ने नागेन्द्र ठाकुर, बुद्धिराम चौधरी र खैरहनी नगरपालिका–१ बस्ने अर्जुन विकलाई सचेत गराइएको छ । साथै एकजना भारतीय नागरिक अनवर हुसेनलाई कानुन सम्मत व्यवसाय सञ्चालन गर्न चिठ्ठी काटिएको छ । दर्ता नगरि सञ्चालनमा रहेका फर्निचर व्यवसायीहरुलाई नियम संगत गर्न फर्निचर तथा फर्निसिङ व्यवसायी संघ चितवनका अध्यक्ष रविन्द्र बरालले आग्रह गरेका छन् ।
स्थानिय फर्निचर व्यवसायलाई टिकाइ राख्न सबै व्यवसायीहरु एकजुट हुनुपर्ने भन्दै उनले व्यवसायीहरुलाई करको दायरामा आउन आग्रह गरे । व्यवसायीहरुलाइ परेको अप्ठ्यारोमा संघले सहजिकरण गर्ने भन्दै उनले समृद्ध देशका विकासमा व्यवसायीको भुमिका महत्वपूर्ण रहने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका