Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा – Gaule Khabar

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा

अष्ट्रेलिया, फागुन २–

अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार चीन, भारत र ब्राजिलपछि नेपालका विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया सरकारको चौथो प्राथमिकतामा परेका हुन् ।

यहाँको अध्यागमन बिभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०१५–१६ को जुनसम्मको १ बर्ष अवधिमा नेपालबाट भिषा आवेदन दिएका नेपाली विद्यार्थीहरुमध्ये ७ हजार ७ सय ५९ जनाले अध्ययन भिषा पाएका छन् । तथ्यांक अनुसार विगतको यही अवधिमा यो संख्या ५ हजार ४ सय ५९ थियो जुन अघिल्लो आर्थिक बर्षको बिद्यार्थी संख्यामा ४२ दशमलव १ प्रतिशतले बृद्धि भएको हो ।

अफसोर (विदेशी मुलकबाट अध्ययन भिषा पाउने) नेपाली विद्यार्थीहरुको संख्या र समग्र अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्याको आधारमा समेत नेपाल अष्ट्रेलियामा चौथो स्थानमा छ । जुन विश्वबाट अष्ट्रेलियामा अध्ययन भिसामा आउने बिद्यार्थीहरुको संख्याको आधारमा तथ्यांक तयार गरिएको हो । यसैगरि नेपाल र अष्ट्रेलिया दुबै देशमा रहेका नेपाली विद्यार्थीहरुमा १० हजार ६ सय ५५ जना बिद्यार्थीहरुले एक बर्षको अवधिमा अध्ययनका लागि भिषा पाएका छन् । जुन अघिल्लो वर्षको यही समयको एक बर्षमा ८ हजार ९ सयय ८७ जनाले अध्ययनका लागि बिद्यार्थी भिषा पाएका थिए ।

अहिले अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या १८ हजार ७ सय ७७ रहेको तथ्यांक उपलब्ध छ । जुन अघिल्लो बर्षको यही अवधिमा १६ हजार ४ सय ४७ रहेको थियो । गतवर्षमा बिद्यार्थी भिषा पाउने संख्यामात्र नभएर समग्र विद्यार्थी संख्यामा समेत नेपाल चौथो नम्बरमा रहेको छ । ‘नेपाली विद्यार्थीहरु पढाईमा लगनशिल र मेहनती भएकाले नै नेपालले यो स्थान पाएको हो,’ विगत एक दशकदेखि शिक्षा र माइग्रेसन सम्बन्धि परामर्श दिँदै आएका ब्यवसायी सञ्जीव पाण्डेले कान्तिपुरसँग भने, ‘यसले अध्ययनकै लागि अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरुलाई अवश्य सहज बनाउनेछ ।’

शिक्षा क्षेत्र अष्ट्रेलिया सरकारको आम्दानीको मुख्य स्रोतमध्येमा पर्दै आएको छ । जसका कारण समेत अष्ट्रेलियाले उच्च शिक्षाका लागि विश्वभरिबाट बिद्यार्थीहरुलाई अध्ययनका लागि अवसर दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका