Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पत्रकार महासंघ चितवनको अधिवेशन फागुन १७ मा हुने – Gaule Khabar

पत्रकार महासंघ चितवनको अधिवेशन फागुन १७ मा हुने

पत्रकार महासंघ चितवनको अधिवेशन फागुन १७ मा हुने

चितवन, फागुन २–

नेपाल पत्रकार महासंघ चितवनको ११ औँ अधिवेशन आगामी फागुन १७ गते हुने भएको छ । आज (सोमबार) महासंघको कार्यालयमा सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पदाधिकारी, सदस्य र सल्लाहकारसहितको मूल व्यवस्थापन समिति निर्माण गरेको छ ।
अधिवेशनले चितवन शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । निर्वाचन सम्पन्न गर्नका लागि बैठकले वरिष्ठ पत्रकार गोविन्दराज विनोदी मुख्य निर्वाचन अधिकृत रहने गरी अधिवक्ता राजकुमार श्रेष्ठ र क्रियाशिल पत्रकार एकल सिलवाललाई निर्वाचन अधिकृत तोकेको छ । हाल शाखामा १९४ सदस्य रहेका छन् । ५३ जना पत्रकारलाई नयाँ सदस्यता स्वीकृतिका लागि शाखाले केन्द्रमा सिफारिस गरेको छ । अधिवेशन समयमा हुन नसक्ने अवस्था आएमा अधिवेशनको अर्को मिति तोक्ने अधिकार बैठकले पदाधिकारीहरुलाई दिएको छ । अधिवेशनबाट कार्यसमिति, प्रदेश सभासद् र केन्द्रीय सभासद् चुनिनेछन् ।
अधिवेशन सम्पन्न गर्न कृष्ण गिरीको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, दिपेन्द्र बडुवालको संयोजकत्वमा स्वागत सत्कार समिति, सविता श्रेष्ठको संयोजकत्वमा प्रतिवेदन तयारी समिति, होमनाथ सापकोटाको संयोजकत्वमा आर्थिक व्ववस्थापन समिति, प्रमिता ढकालको संयोजकत्वमा मञ्च सजावट समिति निर्माण गरेको छ ।
यसैगरी प्रविण दत्तको संयोेजकत्वमा भोजन व्यवस्थापन समिति, अनिल ढकालको संयोजकत्वमा मायाको चिनो व्यवस्थापन समिति, शान्ता अधिकारीको संयोजकत्वमा स्टेशनरी व्यवस्थापन समिति, रामकान्त पौडेलको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति, गोविन्द घिमिरेको संयोजकत्वमा आवास व्यवस्थापन समिति, प्रकाश सिग्देलको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति र दुर्गाकुमारी रेग्मीको संयोजकत्वमा सञ्चार प्रविधि व्यवस्थापन समिति निर्माण गरिएको छ ।
बैठकले सबै समितिलाई सहयोग गर्ने गरी शोभा पुडासैनीलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ ।
अधिवेशनका अवसरमा शाखाले स्थापना गरेको स्व.तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारको रकम वृद्धि गरी यस वर्ष दुई जना पत्रकारलाई जनही १० हजार एक सय ५१ रुपैयाँ र सम्मान पत्र प्रदान गरिने छ ।
यसैगरी अधिवेशनमा रु. ५१ हजार एक सय ५१ को मैयाँदेवी पत्रकारिता पुरस्कार, रु. १० हजार एक सय ११ को सुजश्री मैयादेवी पत्रकारिता पुरस्कार, रु.५० हजार ५१ को अनन्तगंगा पत्रकारिता पुरस्कार र रु. ११ हजार एक सय ११ को बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । सबै पुरस्कार छनौट गर्न गठन भएको निर्देशिका बमोजिम छनौट समिति निर्माण भएको शाखाले जनाएको छ ।
अधिवेशनकै अवसरमा शाखाले स्थापना गरेको इ–लाइब्रेरीसहितको सूचना केन्द्रको पनि उद्घाटन गरिनेछ ।
बैठक शाखा अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका