Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित – Gaule Khabar

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

नेपालगन्ज,फागुन २-

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चित बनेको छ। निर्वाचन कार्यालय र लेखा शाखामा विभिन्न ४ विद्यार्थी संगठनले लगाएको ताला नखुलेपछि स्ववियु चुनाव अनिश्चित बनेको हो। निर्वाचनको मिति सार्नु पर्ने माग गर्दै विप्लव माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा ताला लगाएपछि आइतबार सुरु हुनुपर्ने प्रक्रिया सुरु हुन सकेन।

कार्यतालिका अनुसार आइतबार विद्यार्थी संगठन दर्ता र मतदाता नामावली प्रकाशन हुनुपर्ने थियो। विद्यार्थी भर्नाका क्रममा नेपाल विद्यार्थी संघले एकमुष्ट र आफ्नो खर्चमा विद्यार्थी भर्ना गरेको भन्दै एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु), माओवादी केन्द्रको अखिल क्रान्तिकारी, विप्लव माओवादीको अखिल क्रान्तिकारीले लेखा शाखामा ताला लगाएका थिए। नेपाल विद्यार्थी संघले विद्यार्थी भर्नामा अन्य विद्यार्थी संगठनले हुल हुज्जत गरेर भर्ना गर्न नदिएको भन्दै लेखा शाखाको मुल गेटमा ताला लगाएको छ।

अनेरास्ववियूले भने आफूले लगाएको ताला खुलाएको छ। निर्वाचन कार्यक्रममा बाधा नपुगोस भन्ने हेतुले ताला खोलेको अनेरास्ववियु मेहन्द्र बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष ज्ञानु बलमे जानकारी दिए। उनले तोकिएको समयमा निर्वाचन हुनुपर्ने पक्षमा अनेरास्ववियु रहेकोसमेत बताए। अनियमित तरिकाले विद्यार्थी भर्ना र एकमुष्टरुपमा गरिएको विद्यार्थी भर्नाको विरोधमा लेखा शाखामा ताला लगाएको माओवादी केन्द्रको विद्यार्थी संगठनका केन्द्रीय सदस्य खुमबहादुर खड्काले बताए। उनले छानविन नगर्दासम्म ताला नखुल्ने स्पष्ट पारे।  नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाईका उपसभापति विजय ओलीले विद्यार्थी भर्ना गर्ने दिन लाइनमा बसेको विद्यार्थीलाई समेत नाम लेखाउन नदिएको विरोधमा ताला लगाइएको बताए

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका