Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गुल्मीमा चन्दा मागेर आमाको काज–किरिया गरे छोरीले – Gaule Khabar

गुल्मीमा चन्दा मागेर आमाको काज–किरिया गरे छोरीले

गुल्मीमा चन्दा मागेर आमाको काज–किरिया गरे छोरीले

गुल्मी, फागुन २-

सिङ्गो गाउँमा ढुङ्गाका छानाले बनेका अग्ला घरहरु छन् । त्यसै गाउँमा जम्मा दुई वटा घर छन् खरले छाएका । ति खरले छाएका घरमध्ये एउटा घरकोे कथा निकै कहाली लाग्दो छ ।

यो घरका वावुको १० वर्ष अघि भारतको दिल्लीमा सडक दुर्घटनामा ज्यान गयो । श्रीमानको मृत्यु पछि निमेक मजदुरी गरेर तीन छोरी हुर्काउँदै आएकी आमाको पनि दुवै मृगौला फेल भई उपचार गर्ने खर्च नभएर केहि दिन अघि मृत्यु हुन पुग्यो ।आमाको मृत्यु हुँदा १३ र १७ वर्षका छोरीहरुको साथमा सुको पैसा थिएन । धन्न अर्की विवाहित छोरीको साथमा दुईसय रुपैयाँ रहेछ । जुन रकमले रकपडा किन्न समेत पुग्दैनथ्यो । अन्ततः गाउँवासीले चन्दा उठाएर उनको अन्तिम दाहसंस्कार भयो । यस्तो विपदका विच र समाजको चुनौतिका वावजुद पनि साहघाटमा गएर आमालाई दागवत्ती दिने र काज किरिया बस्ने छोरीहरु हुन् गुल्मीको भनभने गाविसवडा नम्वर ९ टिमुरखर्क रोल्मा गाउँका १७ वर्षिया मिना घर्र्ती र १३ वर्षिया उनकी वहिनी जमुना घर्र्ती ।

२०६३ साल माघ १ गते उनका वावु पोमबहादुर घर्र्तीको दिल्लीमा गाडीले हानेर ज्यान गएको थियो । सामन्य किरिया खर्च दिईयो तर अपराधी पक्राउ गर्ने र उचित क्षतिपुर्ति दिने कुरमा सडकमा कुकुरको जस्तै मराई ठान्यो भारत सरकारले । स–साना तिन छोरीहरु मात्रै भएकी उनकी आमा वालकुमारी घर्र्ती श्रीमानको मृत्युका वारेमा खोज तलास गर्न सकिनन् ।सहेर वसीन र ति तिन सन्तान पालन पोषण र पठन पाठनका लागि उनले ढुङ्गा वोक्ने लगायतको निमेक मजदुरी गर्दै आएकी थिईन् ।अस्पताल जानु , देखाउनुको साटो धामी झाँक्री गराउँदै आएकी वालकुमारीलाई दुवै मृगौला फेल भएको तव थाह भयो जव उनि अन्तिम अवस्थामा पुगेर विवाहित छोरी ज्वाँईको साहरामा एक महिना अघि मात्र वुटवलको एक अस्पतालमा जँचाउन पुगिन् ।

जति वेल उनका दुवै मृगौलाले १० प्रतिशत मात्रै काम गर्न सक्ने भएका थिए । उपचार सम्भव नभएपछि घर ल्याईएकी वालकुमारी माग १६ गते ४५ वर्षको उमेरमा मृत्यु भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका