Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली समुदायले अमेरिकामा मनाए प्रणय दिवस – Gaule Khabar

नेपाली समुदायले अमेरिकामा मनाए प्रणय दिवस

नेपाली समुदायले अमेरिकामा मनाए प्रणय दिवस

अमेरिका, फागुन २-

प्रणय दिबसको पूर्व संध्यामा कोलोराडो स्थित नेपाली समुदायले सनीबार सांझ एक कार्यक्रम गरी एक आपसमा माया तथा प्यार साटासाट गरेका छन् ।

लङमन्ट स्थित स्थानीय एभरेष्ट रेष्टुरेन्टमा एक संस्कृतीक कार्यक्रमको आयोजना गरि एक आपसमा माया तथा प्यार साटासाट गर्दै प्रणय दिवस मनाएका हुन् । एभरेष्ट रेष्टुरेन्टका संचालक प्रेमकाजी श्रेष्ठ तथा लक्ष्मी श्रेष्ठको आतिथ्यमा सम्पन्न कार्यक्रममा डेड दर्जन भन्दा बढि जोडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित जोडीहरुले आफ्नो जिवन संगी तथा जिवन संगिनीहरुलाई गुलाफको फुल, गीत ,नाच तथा मन्तब्य मार्फत मनकाको भावना पस्कदै जिवन भरि साथ र सहगोग गर्ने बाचा गरेका थिए ।

कार्यक्रम सनीबार सांझ ७ बजे देखि राती ११ बजेसम्म संचालन भएको थियो । अन्तमा हेप्पी भ्यालेन्टायन डे लेखिएको केक काटेर कार्यक्रम सम्मन्न गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका