Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विप्लव माओवादीद्वरा काठमाडौंमा शक्ति प्रदर्शन (फोटो सहित) – Gaule Khabar

विप्लव माओवादीद्वरा काठमाडौंमा शक्ति प्रदर्शन (फोटो सहित)

विप्लव माओवादीद्वरा काठमाडौंमा शक्ति प्रदर्शन (फोटो सहित)

काठमाडौं ,फागुन १ –

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन आजबाट सुरु भएको छ ।राजधानीको खुलामञ्चमा अहिले उदघाटनसत्र चलिरहेको छ । माओवादीले बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने बताएको छ ।

उदघाटनसत्र सुरु हुनुअघि खुलामञ्चलाई केन्दि्रत गरी काठमाडौंका तीन स्थानबाट जुलुससहितको र्‍याली निकालिएको थियो ।उपत्यका र बाहिरबाट आएका कार्यकर्ताहरुलाई समेत समेटेर बबरमहल, कालीमाटी र लैनचौरबाट आएको र्‍याली शहिदगेटमा एकीकृत भएको थियो । त्यहाँबाट पार्टी महासचिव नेत्र बिक्रम चन्दको अगुवाईमा खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।

उदघाटन सत्र सकिएपछि नेताहरु रोल्पा प्रस्थान गर्नेछन् । रोल्पाको थवाङमा महाधिवेशनको बन्दसत्र हुनेछ । थवाङस्थित सामुदायिक भवनमा फागुन ४ गतेदेेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा देशभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका