Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चुनाव नगरे सरकारको औचित्य समाप्त हुन्छ : उपाध्यक्ष रावल – Gaule Khabar

चुनाव नगरे सरकारको औचित्य समाप्त हुन्छ : उपाध्यक्ष रावल

चुनाव नगरे सरकारको औचित्य समाप्त हुन्छ : उपाध्यक्ष रावल

हेटौडा,माघ २९-

एमाले उपाध्यक्ष भीम रावलले चुनाव गर्न नसके वर्तमान सरकारको औचित्य समाप्त हुने बताएका छन् ।

मधेसी दलहरुलाई देखाएर कांग्रेस र माओवादी चुनावबाट भाग्न खोजेको आरोप उनले लगाए । युवा संघ मकवानपुरद्वारा शनिबार हेटौडामा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्व उपप्रधान तथा रक्षामन्त्री रावलले संविधानले सबै क्षेत्रका समान सहभागिता र विश्वकै सबैभन्दा धेरै बहुमतमा संविधान जारी गरेको दाबी गरेका थिए । एमाले मधेस विरोधी नभएको भन्दै उनले मधेसी मोर्चाको अडान प्रष्ट नभएको बताए ।

‘मधेसी मोर्चाले संशोधन मात्र खोजिरहेको छ,’ उनले भने, ‘कुन विषयमा कसरी संशोधन गर्ने भन्ने स्पष्ट खाका अझै पनि आउन सकेको छैन । सरकारमा सहभागी दलहरु प्नि यो विषय प्रष्ट छैनन् ।’ प्रधानमन्त्री दाहाललाई कुरा फेरिरहने बानी परेकाले मुलुकले निकास पाउन नसकेको आरोप उनको थियो ।

मौलिक अधिकार सम्बन्धी धेरै अधिकार हुँदा हुँदै पनि जातीय राज्यको माग गरेर देशलाई नै आघात पुर्‍याउने प्रयास भइरहेकाले यसतर्फ सबै सचेत हुन पनि आग्रह गरेका थिए । कार्यक्रममा  पूर्व उद्योग मन्त्री तथा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले देशमा उग्र क्रान्तिकारी कुरा गरेर सद्भाव र एकता खलबल्याउन खोजेको आरोप लगाए ।

युवा संघ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंको सभापतित्वमा संचालित उक्त कार्यक्रममा एमालेका विभिन्न नेताहरुले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका