Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यसरी तयार हुन्छ चकलेट, जसको गुलियो स्वाद कति घातक ? – Gaule Khabar

यसरी तयार हुन्छ चकलेट, जसको गुलियो स्वाद कति घातक ?

यसरी तयार हुन्छ चकलेट, जसको गुलियो स्वाद कति घातक ?

 एजेन्सी माघ २९ –

चकलेट खासगरी कोको नामक फलको चूर्णबाट गर्ने गरिन्छ । यसको फलको बियाँ निकाले घाममा सुकाउने गरिन्छ भने त्यसपछि सुकेको बियाँलाई पिसेर मैदाको पीठोजस्तो धुलो पारिन्छ ।  उक्त धुलोमा चिनी, कोको, दुध तथा हाइड्रोजेनेटेड पेजिटेबल आयल एच.बी.ओ लाई गाइ वा भैंसीको दूधमा मिसाएर जमाउने गरिन्छ ।

यसरी जमेको ठोस बस्तुलाई बिभिन्न साइज वा आकारमा काटेर अलग अलग प्याकेटमा बन्द गरी बजारमा बिक्री बितरणका लागि पठाइन्छ । त्यो नै चकलेट हो ।

खासगरी चकलेट बनाउनका लागि प्रयोग गरिने कोकोको दुध र बियाँमा फिनेल, इथाइल एमीन, जानथीम, र थाइब्रोमिन नामक तीन बिभिन्न कार्बनिक यौगिकहरु निहीत रहेका हुन्छन् । जसको असर अत्यन्त हानिकारक हुने गरेको छ ।

बैज्ञानिक अनुसन्धान अनुसार इथाइल एमीन जब शरीरभित्र प्रवेश गर्दछ तब यसले सबैभन्दा पहिले रक्तबाहिनीहरुको भित्री सतहमा रहेका न्युरान्स नामक तत्वहरुलाई बिशेष रुपमा प्रभाव पार्दछ ।

यसबाट क्यान्सर र हृदयघात जस्ता घातक रोगहरु उत्पन्न हुन सक्दछ । हृदय रोग बिशेषज्ञहरुका अनुसार चकलेट खानाले शरीरका बिभिन्न तान्त्रिक कोषहरुमा रहेका रिसेप्टर नामको तत्वलाई उत्तेजित पार्दछ र यसबाट डी.एन.ए.डी आक्सी रिबोन्युकिकल एसिड र जीन सक्रिय हुने गर्दछ ।

यस प्रकारको सक्रियताबाट शरीरमा रहेका कोषिकाहरुलाई एक यस्तो रासायनिक तत्व निर्माण गर्न उत्प्रेरित गर्दछ जसले रक्तचाप र मुटुको धड्कन बढाउने काम गर्दछ ।

साथै यस प्रकारको हानिकारक रासायनिक तत्व निर्माण गर्नमा मिथाइल जानथीन र थियोब्रोमिन नामको तत्वहरुले पनि एक किसिमको सहयोगी भूमिका निभाउने गरेको छ ।

हामीले खाने चकलेटको माध्यमबाट यी तीनै प्रकारको रासायनिक तत्वहरु एकसाथ शरीरमा प्रवेश गर्ने गर्दछ । शरीरमा यी रासायनिक तत्वहरुले तबसम्म आफनो प्रतिकूल असर छोडिरहेको हुन्छ जबसम्म यो पेटको आमाशयभित्र पूर्णरुपमा पचाइसकेको हुँदैन ।

चकलेट अत्याधिक मात्रामा खाने ब्यक्तिहरुको मुटु र रक्त प्रवाहमा अतिरिक्त दबाब पर्ने भएकाले यसले घातक रोगको रुप लिन पुग्दछ ।

त्यति मात्र होइन चकलेट बनाउन प्रयोग गरिने निकिल नामक धातुले हृदय रोग बढाउने एक प्रमुख कारक तत्वको रुपमा रहेको पाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका