काठमाडौं,माघ २९ –
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानसभाले जारी गरेको नयाँ संविधान समाप्त पार्ने खेल भइरहेको बताएका छन्। नेत्रलाल अभागी स्मृति प्रतिष्ठानले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा नेता खनालले समयमा निर्वाचन र संविधान कार्यान्वयन नगरेर संवैधानिक संकट उत्पन्न गर्ने खेल भइरहेको आशंका व्यक्त गरेका हुन्। ुसमयमा निर्वाचन गर्न आलटाल गरेर कतै यो संविधान समाप्त पार्ने खेल त भएको छैन आशंका उत्पन्न भएको छु नेता खनालले भने। संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने थाहा हुँदाहुँदै सरकारले आलटाल गरिरहेको उनले आरोप लगाए। २०७४ माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन भएन भने संवैधानिक संकट आउँछ। यो सबै जानेर पनि सरकारले आलटाल गरिरहेको छ। अब सरकारले अबिलवम्ब संविधान बमोजिम चुनाव घोषणा गरोस्।