WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bq5VnvCpqOWvuflBTWLXdaU3b41ktV.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:58:33', '', 'admlnlx', 'admlnlx')
कालिकोट, माघ २९ –
कालिकोटको कोटवाडामा रहेको सुनथराली विमानस्थलमा वर्षपछि विमान सेवा सुरु भएको छ । शनिबार तारा एयरको विमान अवतरण भएको हो । २०४२ सालमा निर्माण कार्य सुरु गरिएको विमानस्थल राजनीतिक
खिचातानी, अधुरो ठेक्का प्रणाली र दश वर्षे जनयुद्ध कारण निर्माणमा ढिलाइ भएको हो ।
तल्कालिन नेकपा माओवादीले चलाएको जनयुद्धका कारण २०५८ सालमा माओवादी भएको आशंकामा विमान स्थलमा काम गरिरहेका ३५ जना मजदुरलाई नेपाली सेनाले हत्या गरेको थियो । जसमध्ये लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश विष्ट, टेक विष्ट र गंगा विष्ट कोटवाडाकै स्थानीय बिसिन्दा हुन् ।
नागरिक पर्यटन तथा उड्डयन मन्त्री जीवनबहादुर शाहीको प्रयासमा विमान सेवा सुरु भएको हो । विमानस्थाल सञ्चालनमा आउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने भन्दै स्थानीय बासिन्दा उत्साहित भएका छन् । –