Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा दोस्रो खुला आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु – Gaule Khabar

चितवनमा दोस्रो खुला आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

चितवनमा दोस्रो खुला आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

चितवन,माघ २८-

चितवनमा दोस्रो खुला आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिबारसम्म चल्ने प्रतियोगितामा ३२ जिल्लाका दुई सय ५६ जना खेलाडी सहभागी रहेको आयोजक राष्ट्रिय तेक्वान्दो नेपाल जिल्ला कार्य समिति चितवनले जनाएको छ । विभिन्न तौल समूहमा खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा महिलाहरुको प्रतियोगिता सम्पन्न गरिएको छ भने बाँकी प्रतिस्पर्धा शनिबार गराइने राष्ट्रिय तेक्वान्दो नेपाल चितवनका अध्यक्ष विकाश श्रेष्ठले बताए ।

पुरुष र महिलाको छुट्टाछुट्टै प्रतिस्पर्धा गरि खेलाइने प्रतियोगितामा ४० किलो देखि ७० किलो तौल समूहसम्मका खेलाडीहरु सहभागी रहेका छन् । प्रतियोगितामा ४० किलोसम्मका खेलाडीलाई जुनियर समूह र ४० किलो भन्दा बढी तौल भएका खेलाडीहरुलाई सिनियर समूहमा गरि विभाजन गरिएको श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले ट्रफी, मेडल र प्रमाण पत्र पाउनुका साथै सबै सहभागी खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

शुक्रबार खेलको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका नेता घनश्याम दाहालले खेलले युवाहरुलाई अनुशासित बनाउने बताए । युवाहरुलाई सहि बाटोमा डोहो¥याउन समेत खेलको महत्व हुने र तेक्वान्दो अनुशासीत खेल भएकोले यो खेलको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन मद्दत पुग्ने दाहालले बताए । राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष हरिबाबु बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका