WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDF2Uenvuzk8Lgu/Oov9WHAAv6/2KY0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:26:18', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,माघ २८-
नेपाल फिफा वरियतामा दुई स्थानमाथि उक्लिएको छ। यस महिनाको सार्वजनिक वरियतामा नेपाल १ सय ७३ स्थानमा पुगेको छ। दक्षिण एसियाको वरियतामा प्रायः सबै देशको स्थान तल खस्किएको अवस्थामा नेपाल मात्र माथि चढेको हो। दक्षिण एसियामा भारत र अफगानिस्तानपछि नेपाल तेस्रो स्थानमा छ। भारत एक स्थान तल झरेको छ। उसको वरियता १ सय ३० छ। पहिले १ सय २९ थियो। १ सय ५१ औं स्थानमा रहेको अफगानिस्तान यथावत छ। गत महिना पनि ऊ यही स्थानमा थियो।
नेपाल गत महिना १ सय ७५ स्थानमा थियो। नेपालपछि भुटान चौथो नम्बरमा छ। भुटान १ सय ७७ औं स्थानमा छ। ऊ पनि एक स्थान तल झरेको हो। पाँचौ नम्बरमा बंगलादेश छ। बंगलादेश गत महिनाकै साविक १ सय ९० स्थानमा छ। छैटौं नम्बरमा रहेको श्रीलंका पनि पुरानै १ सय ९६ स्थानमा छ। पाकिस्तान एसियाली राष्ट्रको पुछारमा १ सय ९८ स्थानमा छ। पाकिस्तान पनि एक स्थान तल झरेको हो।