Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
केही दिनमा चुनाव घोषणा नभए अर्को सरकार : भीम रावल – Gaule Khabar

केही दिनमा चुनाव घोषणा नभए अर्को सरकार : भीम रावल

केही दिनमा चुनाव घोषणा नभए अर्को सरकार : भीम रावल

काठमाडौँ,माघ २८ –

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रचण्ड नेतृत्वको सरकारले केहीदिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले केही दिनमा चुनाव घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताए।

उनले अगाडि भने,‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन।’ अहिलेको सरकार संक्रमणकालिन भएकोले चुनाव गर्न र संविधान कार्यान्वयन गर्न पनि नसके सरकारको कुनै औचित्य नै नहुने रावलको दावी छ। उनले भने,‘चुनाव पनि नगर्ने अनि संविधान कार्यान्वयनपनि गर्न नसकेपछि यो सरकारको के काम?’ रावलले वर्तमान सरकार संविधान कार्यान्वयनको लागि उदासिन बनेको समेत आरोप लगाए। उनले थपे, ‘बैशाखभित्रै चुनाव गर्नेगरि निर्वाचनको मिति घोषणा गर्नुपर्छ, हामीले प्रधानमन्त्रीजीलाई भेट्दाखेरि बारम्बार यही कुरा आग्रह गरेका छौं।’

उनले बिना कारण १५ दिनसम्म व्यवस्थापिका–संसदको बैठक स्थगित गर्नु दुःखदायी भएको टिप्पणी गर्दै भने,‘यो सरकारले राष्ट्रिय हित विपरित संविधान संशोधन प्रस्ताव ल्याउँदा हामीले त्यसको विरोधमा संसद अवरोध गर्दा चुनाव हुन नदिने भनेर हामीलाई आरोप लगायो, तर अहिले विना कारण संसद बैठक स्थगित गर्नुको रहस्य के हो?’ उनले प्रधानमन्त्रीले आफूहरुसँगको भेटमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने विश्वास दिलाएपनि आफूहरु अझैपनि ढुक्क भई नसकेको जिकिर गरे। रावलले भने,‘उहाँले चुनावको मिति चाँडै घोषणा गर्छु भनेर हामीसँगको भेटमा भन्नुभएको छ, तर हामी अझैपनि ढुक्क छैनौं, यति हुँदापनि हामी चुनावको मिति घोषणा चाँडै होस् भन्ने प्रतिक्षामा छौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका