Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पोखरा,चितवन पछि अब लोडसेडिङमुक्त हुने पालो वीरगञ्जको – Gaule Khabar

पोखरा,चितवन पछि अब लोडसेडिङमुक्त हुने पालो वीरगञ्जको

पोखरा,चितवन पछि अब लोडसेडिङमुक्त हुने पालो वीरगञ्जको

काठमाडौं,माघ २८-

नेपाल विद्युत प्राधिकरणले पर्साको वीरगञ्जसहित पूर्वी नेपालका जिल्लाहरुमा लोडसेडिङ हटाउन तयारी थालेको छ । प्राधिकरणका अनुसार अब लोडसेडिङ हटाउन पर्सासहित पूर्वका झापा, मोरङ, सुनसरीलगायतका जिल्लालाई प्राथमिकतामा राखिएको छ ।

काठमाडौंसहित ८ जिल्लाबाट लोडसेडिङ हटाउने अभियानको सुरुवात गरेको प्राधिकरणले पोखरा र चितवनलाई पनि लोडसेडिङमुक्त गराइसकेको छ । अबको १५ दिनभित्रै रक्सौल परवानीपुर १३२ केभीको प्रशारणलाइन निर्माणको काम सकिँदैछ । सबस्टेशनको केही काम सकिएपछि भारतबाट थप ५० मेगावाट बिजुली आउने छ ।

त्यस्तै कुशाह कटैया प्रशारणलाइनको काम पनि छिट्टै सकेर अर्को ५० मेगावाट बिजुली भारतबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । यो प्रशारणलाइनको सब स्टेशनको काम थोरैमात्रै बाकी छ ।रक्सौल–परवानीपुर र कुशाह–कटैया प्रसारण लाइनको काम सकिनासाथ भारतबाट थप एक सय मेगावाट बिजुली आयात हुनेछ र पूर्वी नेपालका जिल्लाहरु लोडसेडिङ मुक्त हुनेछन् ।

अनलाइन खवरको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका