Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता – Gaule Khabar

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

रामपुर (पाल्पा), माघ २८ –

स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् ।

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार जिल्लामा ११ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ ।

निर्वाचन कार्यालयमा दर्ता भएका दलहरुमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा ९माले०, राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् । त्यसैगरी नेकपा (माले) जनसमाजवादी, सङ्घीय समाजवादी फोरम नेपाल, नेकपा ९माक्र्सवादी० र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् ।

यी दर्ता भएका दलले मात्र स्थानीय निकायको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ । अहिले पनि विभिन्न पार्टीले दल दर्ताका लागि कार्यालयमा अनुरोध गरेपनि दर्ता समय सकिएकाले दर्ता प्रक्रिया रोकिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका