Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अनेरास्ववियुका केन्द्रीय सदस्य राईको मृत्यु – Gaule Khabar

अनेरास्ववियुका केन्द्रीय सदस्य राईको मृत्यु

अनेरास्ववियुका केन्द्रीय सदस्य राईको मृत्यु

खोटाङ, माघ २७–

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको उपचारका क्रममा आज मृत्यु भएको छ ।

काठमाडौँबाट जन्मस्थान खोटाङ आउने क्रममा मङ्गलबार बिहान दुर्घटनामा परेका राईको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो । सङ्गठनका काममा खोटाङ हिँडेका राई भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको अनेरास्ववियुले जनाएको छ । दुर्घटनालगत्तै बेहोस बनेका राईको काठमाडौँस्थित न्युरो अस्पताल पुर्‍याएर सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँकै ट्रमा सेन्टर पुर्‍याइएको थियो । करिब एक दशकदेखि एमाले निकट विद्यार्थी सङ्गठनमा क्रियाशील राई सङ्गठनको माथिल्लो सगरमाथा प्रमुखसमेत हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका