Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले गाडी, घरजग्गा र सेयरमा ऋण नदिने – Gaule Khabar

राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले गाडी, घरजग्गा र सेयरमा ऋण नदिने

राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले गाडी, घरजग्गा र सेयरमा ऋण नदिने

काठमाडौ ,माघ २७-

बैंकहरुले अब तत्कालका लागि गाडी, घर जग्गा र सेयरका लागि नयाँ कर्जा नदिने भएका छन् ।अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले सचेत गराएको थियो । त्यसको भोलिपल्ट बिहीबार नेपाल बैंकर्स एशोसिएसनमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच छलफल भएको छ ।

छलफलमा तत्कालका लागि गाडी, घरजग्गा र सेयर धितो ऋण रोक्ने सहमति भएको छ ।बैंकहरुले सवारी साधानको कर्जा दिदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै राष्ट्र बैंकले यसलाई कडाई गर्ने संकेत गरेको थियो ।

‘मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) तोक्नुपर्ने भन्ने धारणा छ ’राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । राष्ट्र बैंकले घरजग्गा र सेयर धितोमा कर्जा दिदा यस्तो अनुपात तोकेको भएपनि सवारी साधानमा नतोकिएकोले अब त्यस दिशातर्फ बढ्नुपर्ने हुनसक्ने बताएको हो ।

वाणिज्य बैंकहरुको ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी भएको देखिएको थियो । बैंकहरुले तरलता समस्यापछि सेयर धितोमा जाने कर्जामा कडाइ गर्न थालिसकेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका