Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यस कारण सम्भव भयो लोडसेडिङमुक्त चितवन – Gaule Khabar

यस कारण सम्भव भयो लोडसेडिङमुक्त चितवन

यस कारण सम्भव भयो लोडसेडिङमुक्त चितवन

चितवन, माघ २७–

राजधानी काठमाडौं र पोखरापछि आज (विहीबार)बाट चितवन पनि लोडसेडिङमुक्त भएपछि चितवनबासीमा खुशी छाएको छ । तर एकाएक चितवन पनि कसरी लोडसेडिङमुक्त हुन सक्यो भन्ने बारे धेरैलाई जानकारी नहुन सक्छ । देशको मध्यभागमा पर्ने प्रमुख जिल्लाको रुपमा परिचित चितवन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला पनि हो । करिव एक महिना अघि चितवन महोत्सवको समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवन एक साता भित्रमा लोडसेडिङमुक्त हुने घोषणा गर्नुभएको थियो । तर हिजो मात्रै प्रधानमन्त्री चितवन आउँदा जिल्ला लोडसेडिङमुक्त हुन सकेन् ।

सार्वजनिक समारोहमै जिल्लाका राजनीतिक दलहरुले प्रधानमन्त्रीलाई लोडसेडिङमुक्त नभएको व्यङग्य गर्दै पुरा गर्न नसक्ने कुरा नबोल्न सुझाए । मुसुमुसु हास्दै बसेका प्रधानमन्त्री दाहालले आफ्नो मन्तव्यमा चितवन लोडसेडिङमुक्त हुन नसकेको बारे प्रष्ट पारे । त्यसेबला प्रधानमन्त्रीले भनेका थिए–“मैले विद्युत् प्राधिकरणकै प्रमुखलाई सोधेर चितवन लोडसेडिङमुक्त हुँदैछ भनेको थिए, तर प्राविधिक कारणबस समयमै हुन सकेन्, चितवन लोडसेडिङमुक्त हुन्छ ।” प्रधानमन्त्रीले त्यतिबेलै भनेका थिए दलका साथीहरुले बढो तिखो बाण हाने, म यसलाई स्वीकार्छु । चितवनलाई लोडसेडिङ बनाउन नसक्नुमा प्रधानमन्त्रीले आत्मग्लानी भएको महसुस गरेका थिए ।
प्रधानमन्त्री कार्यक्रम सकाएर काठमाडौं फर्किएको एक दिन नबत्दिै आजैबाट चितवन लोडसेडिङमुक्त हुन पुग्यो । एक दिनै चितवन लोडसेडिङमुक्त कसरी सम्भव भयो ? प्रश्न गर्ने हो भने पक्कै सबैलाई भन्न सहज हुन्छ प्रधानमन्त्रीको ठाडो निर्देशनले सम्भव भयो ।
यो समयमा चितवनका लागि दैनिक ३० मेगावट विद्युत् आवश्यक हुन्छ । गर्मीयाममा भने विद्युतको माग बढ्छ । काठमाडौं बाहिर सबैभन्दा बढि विद्युत खपत हुने जिल्ला मध्ये चितवन पनि एक हो ।
विद्युत प्राधिकरण भरतपुरका प्रमुख राम दुलार यादवले भने–“सरकारले देशभरी नै लोडसेडिङमुक्त बनाउने अभियान तिव्र पारेको छ, त्यही अभियान अनुरुप प्रधानमन्त्रीको घोषणा गरेपछि चितवन पनि लोडसेडिङमुक्त बन्न सम्भव भयो ।”
उनले लोडसेडिङमुक्त चितवन भईरहँदा प्राविधिक समस्या हुँदा कहि कतै केही समय लाईन गएपनि त्यसलाई अन्यथा नलिन आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका