Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बारामा आजदेखि माछा महोत्सव हुँदै – Gaule Khabar

बारामा आजदेखि माछा महोत्सव हुँदै

बारामा आजदेखि माछा महोत्सव हुँदै

दुष्यन्त चौधरी,

बारा, माघ २७–

प्रथम ऐतिहासिक मत्सय तथा कृर्षी महोत्सव आजदेखि बारामा सुरु हुँदैछ । कलैयाको कृर्षी बजारमा शुरु हुने महोत्सवको कृर्षी मन्त्री गौरी शंकर चौधरीले उदघाटन गर्ने कार्यक्रम रहेको मत्सय ब्यवसायी संघको जिल्ला अध्यक्ष जंगबहादुर साहले जानकारी दिए ।

नेपाली माछाको उत्पादकत्वमा वृद्धि खोजी गर्न, वार्षिक करिब ३ अर्वको आयतित माछालाई प्रतिस्थापित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ माघ २७ देखि २९ गते सम्म महोत्सव गर्न लागेको नेपाल मत्सय व्यवसायी संघका जिल्ला अध्यक्ष साहले बताए । नेपाल मत्सय ब्यवसायी संघ बाराको आयोजनामा तीन दिन सम्म चल्ने महोत्सवमा ४० वटा स्टलहरु राखिने महोत्सव तयारी समितीका संयोजक वीरेन्द्र चौधरीले जानकारी दिए । ८ वटा प्रजातीका माछाहरु रोहु, कमन, ग्रास, सिल्भर, बिग्रेट, इजराईल, कतले र टिलपियाको झोलवाल, फ्राई, ठाउको सुप र मोःमो गरि ४ वटा परिकार बनाई विक्री गरिने संघका सचिव रबिन्द्र चोधरीले बताए । महोत्सव उदघाटन अघि शोभा यात्रा निकाल्ने कार्यक्रम रहेको छ । माछा मार्ने पुरातन परम्पराको औजारहरु प्रर्दशनीमा राख्नुको साथ साथै मनोरंजनको ब्यवस्था समेत गरिएको छ ।

करिब २२ लाखको लागतमा हुने सो महोत्सवमा प्रत्येक दिन १५ लाख बराबरको कारोवार हुने लक्ष्य राखिएको नेपाल मत्सय ब्यवसायी संघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष मधुसुधन अधिकारले जानकारी दिए । माछा महोत्सवले माछा व्यवासायीलाई टेवा पुग्ने आयोजकको विश्वास रहेको छ । महोत्सवको करिब १० हजारले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका