Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जिल्ला अस्पतालमा विशेषज्ञसहित आकस्मिक शल्यक्रिया सेवा सुरु हुने – Gaule Khabar

जिल्ला अस्पतालमा विशेषज्ञसहित आकस्मिक शल्यक्रिया सेवा सुरु हुने

जिल्ला अस्पतालमा विशेषज्ञसहित आकस्मिक शल्यक्रिया सेवा सुरु हुने

काठमाडौं, माघ २६–

जिल्ला अस्पतालबाटै बिरामीले विशेषज्ञ सेवासहित शल्यक्रियाको सेवा पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ गतेदेखि मुलुकका १३ जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र आकस्मिक शल्यक्रियाको सम्पूर्ण व्यवस्था गरी २४ सै घण्टा सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

सुरुमा १३ वटा जिल्ला अस्पताल र त्यसको केहि हप्तापछि बाँकी जिल्ला अस्पतालमा सो सेवा शुभारम्भ गर्ने लक्ष्य स्वास्थ्य मन्त्रालयको छ ।

आगामी फागुन १ गतेदेखि उक्त सेवा सुरु गर्नेमा सर्लाही, धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपुर, धनकुटा र बाग्लुङको बुर्तिवाङ जिल्ला अस्पताल रहेका छन् ।

स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरुसँग सम्झौता गरी उक्त सेवा सुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले बताउनुभयो ।

उहाँले अस्पतालमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एमएस वा डिएम वा एमसीएच चिकित्सकलाई खटाइने तथा सो वापत उनीहरुलाई थप पारिश्रमिक उपलब्ध गराउने सहमति भएको बताउँदै सो सेवाका लागि ती अस्पतालमा आवश्यक उपकरण र वित्तीय स्रोतको व्यवस्था पनि सरकारले गर्ने धारणा व्यक्त गर्नुभयो ।

उक्त सेवालाई बढी प्रभावकारी बनाउन तथा स्रोत साधनको व्यवस्थापनका लागि एक सर्वपक्षीय संयन्त्रसमेत गठन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका