Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संघीयतामा जानु बाहेक अर्को विकल्प छैनः मन्त्री थापा – Gaule Khabar

संघीयतामा जानु बाहेक अर्को विकल्प छैनः मन्त्री थापा

संघीयतामा जानु बाहेक अर्को विकल्प छैनः मन्त्री थापा

काठमाडौँ, माघ २६-

स्वास्थ्यमन्त्री गगनकुमार थापाले देश संघीयतामा जान्छ कि जाँदैन भनेर दुविधा नपाल्न आग्रह गरेका छन् ।

राजधानीमा दुई दिनसम्म चलेको सरकार र दातृ निकायको संयुक्त वार्षिक समिक्षा गोष्ठी कार्यक्रमको समापनमा मन्त्री थापाले संघीयतामा जानु बाहेक अर्को विकल्प नभएको बताए । उनले भने, ‘हामीसित अर्को विकल्प छैन । नेपाल संघीयताबाट फर्कँदैन र फर्कनु पनि हुँदैन । हामी यही बाटो जाने हो ।’संघीयतामा जाँदा चुनौतीहरुसँग अवसरहरु पनि आउने भन्दै उनले कसरी लिने भन्ने महत्वपूर्ण भएको बताए । उनले अगाडि भने, ‘देश संघीयतामा जानु अगाडि यो ५/६ महिनाको अवधीमा थुप्रै निति टुङ्गयाउनु पर्नेछ । अन्थथा ७१९ स्थानीय तह रहे पनि कसले के गर्ने भन्नेमा अन्यौल हुनेछ ।

’राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले संघीयतामा जाने क्रममा चुनौतीहरु धेरै हुने र नसोचेको कुरा हुन सक्ने भएकाले यसलाई युद्ध मैदानकै रुपमा विकास गरेर लैजानु पर्ने धारणा व्यक्त गरे ।विशेषगरी स्वास्थ्य क्षेत्रमा राजनीतिक स्तरदेखि नै चुनौती सुरु हुने भन्दै उनले संविधानले अधिकार प्रदान गरेसँगै भाग लगाउनुपर्ने चुनौती रहेको बताए । उनले भने, ‘हाम्रो जस्तो न्युन विकसित मुलुकमा संविधानले थुप्रै अवसर प्रदान गरेपनि कमजोर कार्यान्वयन पक्षका कारण जिम्मेवारी र अधिकारबीच ठूलो खाडल छ ।’कार्यक्रममा स्थानीय विकास मन्त्रायलका सचिव केदारबहादुर अधिकारीले संघीय संरचनामा गाउँपालिका/नगरपालिकाले कस्तो सेवा दिने भन्ने कुरा अहिले नै निश्चित गरिनु पर्नेमा जोड दिए ।

उनले भने, ‘सरकारको तहगत भूमिका प्रष्ट भइसकेको अवस्थामा काम, अधिकार तथा सहायता कसरी गर्ने भन्ने कुरामा स्पष्टता हुन आवश्यक छ ।’कार्यक्रममा विश्व स्वास्थ्य संघका प्रतिनिधि, डीएफआडीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका